कास्कीको लुम्लेमा २५.८ मिलिमिटर वर्षा, आजको मौसम कस्तो छ ?

पाेखरा | असोज २०, २०८२

कास्कीको लुम्लेमा २५.८ मिलिमिटर वर्षा, आजको मौसम कस्तो छ ?

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। 

 

सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।

 

पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङमा  ५१ मिलिमिटर वर्षा मापन भएको छ।

 

त्यस्तै मनाङको तालमा ४२ मिलिमिटर वर्षा भएको छ। कास्कीको लुम्लेमा २५.८ मिलिमिटर, दाङको लालमतियामा २७.२ मिलिमिटर वर्षा भएको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार सोमबार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। 

 

यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

 

आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

 

कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

पोखरा:  भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टु...

थप पढ्नुहोस्

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ ।  भारत र श्रीलंकामा फेब्र...

थप पढ्नुहोस्

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।  नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...

थप पढ्नुहोस्